तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केही गर्न नसक्नेले महेन्द्रलाई गाली गर्ने ?

442
shares

राजन कार्की
राजा अधिनायकवादी थिए भने ०४६ सालपछिका नेताहरु शासनमा छन्, पालैपालो शासन गरिरहेका छन्, यिनले के के काम अग्रगमनकारी गरे ? भन्न सक्छन् ? देखाउन सक्छन् ? केही गर्न नसक्नेले महेन्द्रलाई गाली गर्ने ? आलोचना गर्न राम्रो काम गरेर देखाउ पहिले । जो खानमात्र जान्दछ, कर्म गर्दैन, उसले अरुको आलोचना गरेको सुहाउँदैन ।यी असुहाउँदा नेताहरु नेपालको शासक बनेका छन् ।दाँतै नहुने लाटोकोसेरोले के खाएर बाँच्छ होला ? खानलाई चरा, मुसा खान्छ । त्यसैले उसले जे खान्छ, सिंगै सुलुत्त सुलुत्त निल्छ । त्यसरी निलेको लाटोकोसेरोले जे खान्छ, १२ घण्टापछि नङ्ग्रा, प्वाँख, भुत्लाजस्ता चिजहरु मुखैबाट ओकल्छ ।

राजनीति लाटोकोसेरो हुनसक्दैन । राजनीतिले गर्ने सेवा हो, दिने योगदान हो । त्याग र बलिदान हो । तर नेपालको राजनीति लाटोकोसेरो भइसक्यो । जे देख्यो, पायो खान्छ, खाएपछि पचाउँछ । राज्यको पाचन प्रणाली भनेको विधि हो । संविधान हो । विधिविधानलाई जे खायो पचायो राजनीतिकरण गरिसकेकाले विधि पनि छैन, संविधान पनि छैन । नीति पनि छैन, निष्ठा पनि छैन । सिद्धान्त पनि छैन, जनताप्रति उत्तरदायित्व पनि छैन । लाटोकोसेरो चरा, मुसा सुलुत्तै निल्छ, हाम्रो राजनीति अनैतिकता पचाउँछ । नेतृत्वलाई लाज शरम, घीन केही पनि लाग्दैन ।
हिजोको चप्पले नेता आज पजेरो चढ्छ, एक कप चियाका लागि चियापसलमा विहानै पुग्ने नेता आज महलमा बस्छ । सांसद भयो कि मन्त्री, मन्त्री भयो कि प्रधानमन्त्री । ५ पटकसम्म प्रधानमन्त्री बन्ने शेरबहादुर देउवामा कुन ल्याकत र ताकत होला ? उनीभन्दा सत्ता सञ्चालनमा गिरेका कुनै व्यक्ति नै छैनन्, फेरि उनी कसरी ५ पल्ट प्रधानमन्त्री बन्न सके । बन्न त काठमाडौं र रौतहटबाट चुनाव हारेका माधव नेपाल पनि प्रधानमन्त्री बने । सर्वहारावाद ल्याउँछु भन्ने माओवादी प्रचण्ड प्रचण्डपथ निर्माण गर्छु भनेर २ पल्ट प्रधानमन्त्री बने । यस्तो देशमा को सांसद, मन्त्री बन्यो, प्रधानमन्त्री बन्यो, के चर्चा गर्नु ? किनकि नेपालमा हरेक पद विक्रीमा छन् । लोकतन्त्रवादी हुँ भन्ने पार्टीहरु हरेकले पद बेचेका छन् ।नेपालको राजनीति व्यवसाय बन्यो । लाटोकोसेरो बन्यो । पञ्चायत खराव भनेर बहुदल ल्याइयो, बहुदल–राजतन्त्र–हिन्दुधर्मले विभेद बढायो भनेर लोकतन्त्र ल्याइयो । लोकतन्त्रको १५ वर्षमै स्पष्ट भयो– यो त लूटतन्त्र रहेछ । नेताजति लाटोकोसेरो चरित्रका निस्के, लाटोकोसेरो तन्त्र चलाए । जे पायो खायो । पचायो । खानमात्र जान्ने, राजनीतिक कर्म र कर्तव्य बिर्सने । यो लाटोकासेरो चाला नभए के हो ?
प्रजातन्त्रका प्रवर्तक अब्राहम लिंकनले भनेका गएका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हो, नेपाली गरीव छन्, सबै सत्य बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छ । समाजवादीका नाममा समाजविरोधी छ । राष्ट्रवादका नाममा राष्ट्रघाती छन् । त्यसैले त मौसम मौसममा ट्यूनिक फेर्छन्, पर्व पर्वमा राष्ट्रवादी बन्छन् । मजाले धुलो उडाउँछन् र आफू वातानुकुलित कोठामा बसेर चौरासी व्यञ्जन खान्छन् । जो सिंहदरवारमा बस्छन्, तिनले झोपडीको कथा, जो सहरमा बस्छन्, तिनले गाउँका व्यथा कसरी बुझ्न सक्छन् र ? जो विदेशीसँग रातरात भर रमाइलो गर्छन्, तिनले न सीमा अतिक्रमणमा बोल्छन्, न डुबानमा । विदेशीले कहिले गोली हान्छ, कहिले तुइन चुडालेर मार्छ, नेपाली दिदीबहिनी, दाजुभाइलाई दिनदिनै खुला सीमामा बलात्कार गर्छ, लुट्छ, तिनले देख्दैनन् । यी सब नेता भन्छन्– हामी लोकतान्त्रिक देशभक्त हौं । लोकतन्त्र भनेको राष्ट्र चुहिनु र नेतृत्व तुहिनु हो ?
जो समाजवादको नारा उराल्छ र समाज बिथोल्छ । जो राष्ट्रवादको गीत गाउँछ र राष्ट्र नै बेच्छ । जो सर्वहाराको नारा लगाउँछ र सर्वआहारा खान्छ । बर्जित फल खाने सिद्धान्तहीन व्यक्तिहरु देशको शक्ति बनेका छन् । लाटोकोसेराहरु जे पनि खान्छन् र जे पनि पचाउँछन् ।
नेपालका सन्दर्भमा आधुनिक डाइनासोर हुन् राजनीतिक दलहरु । डाइनासोर आपसमै लड्दैमा सखाप भए । हाम्रा नेताहरु पनि आपसमै लडीरहेका छन् र सखाप हुने क्रममा छन् ।

१२६ जाति छन् देशमा । १२–१५ जातिले शासन गरिरहेछन् । समावेशीताको नारा यिनै घन्काउँछन् । कुनै जाति जंगलमा गिठ्ठा भ्याकुर खाएर बाँचिरहेको छ, अधिकांश जाति गरीवीको रोगले जन्मन्छ र किराफट्याङ्ग्रा मरेझैं मरिरहेका छन् । तिनका लागि सरकार र समानता संविधानको अक्षरमा लेखिएको ग्यारेण्टी बाहेक कतै केही छैन । तिनको मानवाधिकार, राष्ट्राधिकार, सार्वभौमिक अधिकार, बाँच्ने आधारभूत अधिकारको लागि कुन नेता लड्यो ? गाउँपालिकासम्म पुगेको सिंहदरवार पनि अनियमितता र भ्रष्टाचारकै पोखरीमा भैंसी आहाल बसेझैं बसेको छ । नपत्याए हालै महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन हेरौं । ६ खर्ब त अशूल गर्नुपर्ने बेरुजु छ । यस्तो अराजकता भनेको लाटोकोसेरो प्रवृत्तिले मात्र गर्नसकछ ।

कुनै पार्टीको प्राथमिकतामा सर्वहारा, सिमान्तकृत समुदाय छैनन् । सबैको ध्यान सत्ता, शक्ति र राज्यकोषमा मात्र छ । जो समाजवाद, राष्ट्रवाद, सर्वहाराका नाइके थिए, तिनीहरु पालैपालो सत्तामा गए । मुहार चम्किलो बनाए । रोगको उपचारसमेत राज्यकोषबाट खर्च गराए । आफ्ना र परिवार, आफन्तका लागि सात पुस्तालाई पुग्ने सम्पत्ति जोडजाम गरे । स्थिति यतिसम्म देखियो कि अव त केही दिन आराम गर्न सिंगापुर, बैंकक, दुवई जाने र सिंगो परिवार नै बोकेर वाटर वाथ गर्न समेत विदेश हुइँकिने । पार्टी बैठक रिसोर्टमा गर्ने, ठूला होटलमा महानगरका गोष्ठी हुनथालेका छन् । लुट्न सके लुट, अरु देशमा पाइदैन यस्तो छूट भनेको यही हो ।

विश्वजगत नेपाललाई स्वर्ग ठान्छ, अर्को स्वीट्जरलेण्ड मान्छ । शान्त हुन र शान्तिका लागि प्रेरणा लिन विश्वमानवहरु नेपाल आउने गर्छन् । यस्तो पवित्र भूमिका नेताहरु लाटोकोसेरो जस्ता । मौका पायो कि स्वालात्तै निल्यो । २००७ सालमा हामीले दिल्ली गुहा¥यौं, दिल्लीले भारी बोकाएर पठाइदियो । कोशी गण्डकीमात्र गएन, मन्त्रिपरिषदमा भारतका प्रतिनिधि बस्ने व्यवस्थासमेत मान्यौं । नेपालमा भारतीय सैनिक पोस्ट नै स्थापित गरियो । ०१७ सालमा राजाले कू त गरे तर दिल्लीका नचाहिदा, हस्तक्षेपका भारीहरु दिल्ली नै फर्काउने काम भएकै हो । विकास र राष्ट्रियताको जग कुनै बेला बलियो थियो भने त्यो ०१७ देखि ०२८ साल सम्मको महेन्द्र काल नै हो । महेन्द्रले खोलिदिएका ३२ उद्योग कौडीका मोलमा बेचेर खाए लाटोकोसेराहरुले । एउटा पनि उद्योग खोलेनन् । मान्छे निकासी गर्ने श्रमस्रोत बनेको अवस्थालाई लाटोकोसेराहरु लोकतन्त्र ठान्छन्, मान्छन् । यिनले दिएको जति सुविधा विदेशीलाई दिएको भए न बहुदल आउँथ्यो, न लोकतन्त्र । न त राजतन्त्र नै जान्थ्यो ।

राजालाई जति मायाँ लाटोकोसेरो प्रजातिका नेतामा नहुने रहेछ । बिगत १५ वर्षमा यो कुरा प्रमाणित भयो नेपालमा ।समस्या चरित्रमा छ,आचरणमा छ । लोकतन्त्रजस्तो अनुशासनमा चल्ने व्यवस्था अनुशासनहीनहरुको हातमा पर्नु भनेको जड्याहले सातघुम्तीमा चलाएको गाडी जस्तै हो । यता पनि ठोक्किरहेछ, उता पनि ठोक्किरहेछ । कुनबेला भीरबाट खुरमुरिन्छ, जोखिम बढ्दैछ ।
भारतले काश्मिरमा कू गरे पछि नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो नक्सामा मिलायो । ती क्षेत्रमा भारतीय शासन चलायो । भारतलाई महाप्रभू नै मान्ने मनस्थिति भएका नेपाली कांग्रेसका दिग्गज नेता प्रदीप गिरीले संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमै ‘सके भारतले नेपाललाई सिक्किम बनाउँछ ।’ भनेर बोलेको धेरै भएको छैन । तर पनि लाटोकोसेराहरु मौका हेरिरहेछन् खानका लागि । अर्थात, नेपाल जोखिममा छ है, लाटाकोसेराहरुबाट । १९७५ को सिक्किम घटना नेपालमा दोहोरिन सक्छ । नेपाल निलिनसक्छ, लाटोकोसेराहरुबाट सावधान ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports