विश्व बजारमा पेट्रोलियमको मूल्य घट्दा नेपालमा किन बढ्छ ?
वि.सं.२०७८ भदौ १० बिहीवार १३:४२
shares

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । विश्व बजारमा प्रतिब्यारेल साँढे ७४ हुँदा नेपालमा प्रतिलिटर १२८ थियो, अहिले घटेर साँढे ६८ भएको छ, नेपालमा पेट्रोल प्रतिलिटर १३० पारिएको छ । डिजल, हवाई इन्धन, ग्यासमा पनि भाउ बढाइयो । किन ? कांग्रेस सरकार प्रष्ट जवाफ दिन सक्दैन । विगतको ओली सरकार खराव थियो भने अहिलेको ५ दलीय मोर्चा सरकार कसरी असल ?
यसरी भाउ बढ्नु भनेको बजार भाउ बढ्नु हो ।
दिनमा कमाएर हातमुख जोर्नेहरुमाथि सकस बढ्नु हो । नेपाल आयल निगम भन्छ– निगमलाई अझै ९६ करोड, ९ लाख घाटा छ । मूल्यबृद्धि नगरेको भए १ अर्ब १५ करोड २२ लाख घाटा हुने थियो । प्रवक्ता भन्छन्– यो बृद्धि त निगमलाई केही राहतमात्र हो । नेपाल आयल निगमले भारतिय आयल कर्पोरेशनसँग पेट्रोलियम पदार्थ खरिद गरी नेपालमा विक्रि वितरण गर्दै आएको छ । भारतिय आयल कर्पोरेशनले प्रत्येक महिनाको १ तारिक र १५ तारिकमा गरी महिनामा २ पटक नेपाल आयल निगमलाई पेट्रोलियम पर्दाथको मुल्य सूचि उपलव्ध गराउदै आएको छ । त्यही मूल्य सूचि अनुसार नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य निर्धारण गर्दै आएको छ ।






































