विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले दलहरूलाई दियो निर्देशन निर्वाचनमा खर्च गर्ने पदाधिकारी तोकेर नाम आयोगमा १० दिन भित्र पठाउन

611
shares

काठमाडौं ।निर्वाचन आयोगले राजनीतिक दलको तर्फ बाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नाम सहितको विवरण १० दिनभित्र आयोगमा पठाउन सबै राजनीतिक दललाई निर्देशन दिएको छ । आयोगले राजनीतिक दलको तर्फ बाट हुने निर्वाचन सम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्न पनि निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसार खर्चको विवरण तोकिएको समय भित्र नबुझाउने राजनीतिक दललाई आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (१) बमोजिम त्यस्तो दलले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्ने व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने प्रत्येक राजनीतिक दलले निर्वाचन खर्चको हदमा टेकेर तोकिएको शीर्षकमा खर्च गरेको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिन भित्र आयोगमा पेश गरिसक्नुपर्छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिन भित्र आयोगमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।

तोकिएको समयमा निर्वाचन खर्च नबुझाएका कारण गत बैशाखमा सम्पन्न स्थानीइ तहको निर्वाचनका १ लाख २३ हजार भन्दा बढी उम्मेदवारलाई कम्तिमा डेढ लाख देखि साढे ७ लाख सम्म जरिवाना गराउने निर्णय आयोगले गरिसकेको छ ।

जसमा ३६९ जनाको गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नुबझाएका कारण आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दिइएको उम्मेदवारी  समेत खारेज गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports