विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा

585
shares

बैतडी ।बैतडीको दशरथचन्द नगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए ।

बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । यहाँ भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।

यसअघि बुधबार पाटन नगरपालिका–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो । तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports