विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

किन पुगे एमाले अध्यक्ष ओली नाइट क्लबमा ?

1.07K
shares

काठमाडौं ।दरबारमार्ग स्थित नाइट क्लब एलओडिमा शुक्रबार मध्य राती १२ बजे युवाहरू म्युजिकको तालमा झुमिरहेका थिए। त्यही समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्लबमा पुग्दा म्युजिकको तालमा झुमिरहेको युवाहरूको भिड झस्याङ्ग भए।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको झापा,धरान र पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी भएर राती साढे ७ बजेतिर घर फर्कनु भएका अध्यक्ष ओली एक्कासि नाइट क्लब पुग्दा हुँदा क्लबको रौनकता नै परिवर्तन भयो।

अध्यक्ष ओलीको सचिवालयका अनुसार उहाँ युवाहरूको आमन्त्रणमा क्लबमा पुग्नुभएको हो । त्यस क्रममा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी आफ्नो नाममा निर्माण गरिएको र्‍याप गीत सार्वजनिक गर्नुभयो। केहीबेर युवाहरूलाई सम्बोधन गरेर अध्यक्ष ओली फर्कनु भएको थियो । त्यस क्रममा ओलीले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै एमालेको पक्षमा मतदान गर्न समेत आग्रह गर्नु भएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports