linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका १४ जना अधिकृतको बढुवा, को-को परे बढुवामा ?

702
shares

काठमाडाैँ – नेपाली सेनाका १४ जना अधिकृतहरूको बढुवा भएको ‍छ। गत माघ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएका भट्टराईलाई आज बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बढुवा भए सँगै भट्टराईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।

यस्तै, ५ जनालाई सहायक रथीमा र ८ जनालाई महासेनानीमा बढुवा गर्नेपनि निर्णय भएको हो। सहायक रथीमा बढुवा हुनेमा महासेनानीहरू: मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहेका छन्। उनीहरुलाई महासेनानी बाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ताले जानकारी दिए।

अरु ८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। प्रमुख सेनानीहरू: दिगविजय शाह, विष्णु थापा, राजन बुढाथोकी, प्रविणराज घिमिरे, सुरज वैदवार, डम्बरबहादुर बोहरा, झविन्द्र बहादुर रेशमी मगर र सौजन्य शमशेर जबरा महासेनानीमा बढुवा भएका हुन्। उपरथी भट्टराई एक सहायक रथी र ४ महासेनानीलाई आजै प्रधानसेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports