linktrix Long Ad
Salt Trading Long Ad

एसीसी प्रिमियर कप : आज नेपाल र कतार बीच खेल हुदै

663
shares

काठमाडौँ- एसिसी प्रिमियर कपमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा बिहीबार कतार सँग प्रतिस्पर्धा गर्दैछ। अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको नेपालका लागि कतार विरुद्धको खेल समूह विजेताका लागि हुने छ। समूह ‘ए’ बाट नेपाल सँगै ओमानले अन्तिम चारमा स्थान बनाइसकेकाे छ। त्यस्तै, समूह ‘बी’ को खेलमा हङकङ र कुवेत मूलपानी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

बिहान ९ बजे टियू मैदान कीर्तिपुरमा सुरु हुने खेलमा कतार नेपाललाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्तको प्रतिक्षामा रहेको छ। समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ अहिले दोस्रो स्थानमा रहेको छ। ओमान आफ्ना सबै ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ सेमिफाइनलमा पुगेको छ। नेपाललाई समूह विजेता बन्न कतारसँग कम्तिमा १ अंक लिनु पर्ने छ। नेपाल विजयी हुँदा ७ अंकका साथ समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाउनेछ। वर्षा वा कुनै कारण खेलमा अंक बाँडेमा पनि नेपाल समूह विजेता बन्नेछ।

अंक बाँड्दा नेपाल र ओमान दुबैको समान ६ अंक हुने छ। नेपाल रनरेटमा अघि रहेर समूह विजेता बन्नेछ। तर अन्तिम खेलमा नेपाल पराजित भएमा उपविजेताको रूपमा सेमिफाइनल खेल्नेछ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports