linktrix Long Ad
Salt Trading Long Ad

षडयन्त्रमूलक ढंगले समाउनु रहस्यमय रहेको छ : अध्यक्ष ओली

624
shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सचिवलाई षड्यन्त्रपूर्ण फसाइएको हुन सक्ने भन्दै शंका व्यक्त गरेका छन् । सिंहरदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चार वर्षअगाडि चेक काटिएको घटनामा सांसद र उपप्रधानमन्त्री भइसकेको नेतालाई षडयन्त्रपूर्वक समाइएको बताएका हुन् ।

‘चार वर्षअगाडि नै चेक काटेको छ । त्यो चेक पनि उसैसँग रहेको भन्ने छ,’ ओलीले भने, ‘एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’ ओलीले निर्दोषलाई फसाउन खोजिएको हुन सक्नै भन्दै मान्य नहुने चेतावनी पनि दिएका छन् ।

‘तानिएको हो कि तनाइएको हो, यसबारेमा हामी अध्ययन गर्दैछौं,’ ओलीले भने । उनले निर्दोषलाई फसाइए आफूहरूले नसहने बताए ।’निर्दोष पर्नु हुन्न, दोषी उम्कनु पनि हुन्न । निर्दोष फसाउन खोजे हामी सहँदैनौं । बाटोमा हिँड्दै गर्दा समाउनु रहस्यपूर्ण छ । मैले हिजो बेलुका (टोपबहादुरसँग) कुरा गरेको थिएँ, पक्राउ पुर्जी जारी गरेको भन्ने सुन्छु, तपाईंलाई जानकारी छ भनेर सोध्दा उहाँले ‘आईजीपी सँग कुरा गरें, कुरा के हो प्रस्ट पार्न आइदिनुस् भनेका छन्’ भन्नुभयो । अहिले समात्यो भन्या सुन्छु, फरार भनेको पनि सुन्छु, के हो थाहा छैन ।’

ओलीले भेटमा प्रधानमन्त्रीलाई यस विषयमा जानकारी गराएको पनि बताएका छन् । ओलीले रायमाझी सँग आफ्नो फोन सम्पर्क भएको र काठमाडौं आउँदै गरेको जानकारी पनि दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको आरोप रायमाझी माथि छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports