linktrix Long Ad
Salt Trading Long Ad

यस बर्ष सरदर भन्दा कम बर्षा हुने सम्भावना

676
shares

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको आँकलन गरेको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी विभागले यस्तो आँकलन गरेको हो। विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ५५ प्रतिशत रहेको बताएको छ।

कोशी प्रदेशका मध्य भाग तथा उत्तरपूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणपूर्वी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत सम्म रहेको जनाएको छ। विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ५५ प्रतिशत रहेको भने न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताए। उनले सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुीम्बनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको बताए। यस वर्ष मनसुन सिजन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports