पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाने
वि.सं.२०८० वैशाख २१ बिहीवार १६:४७
shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह १० दिने भारत भ्रमणमा जान लागेका हुन् ।
पछिल्लो दुई महिनाको अवधिमा शाहको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उनी पूर्वी नेपाल हुँदै दार्जिलिङ पुगेका थिए ।यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लागेका शाहको साथमा पूर्व यूवराज पारस बाहेक परिवारका सबै सदस्यहरु पनि भारत जाने बताइएको छ ।
शाहका सुरक्षाकर्मीहरु भने नेपालगञ्जमै रहने छन् भने शाह परिवारको सुरक्षाको जिम्मा उत्तर प्रदेश सरकारले लिएको बताइएको छ ।





































