kumari
stcnepal

त्रिभूवन विमानस्थल भन्सार बाट नासु पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित भन्सार कार्यालयका कार्यरत नासुलाई पक्राउ गरेको छ । सुन तस्करी लगायत घटनामा मिलेमतोका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नासु रेवन्त खड्कालाई पक्राउ गरेको हो ।

उनी शनिबार विमानस्थलको आगमन तर्फ डिउटीमा थिए । त्यहीबाट सिआइबी टोलीले उठाएको हो । विदेशबाट सुन ल्याउनेहरु सँग उनको मिलेमतो देखिएको स्रोत बताउँछ । नक्कली भुटानी शरणार्थी लगायत घटनामा उच्चपदस्थलाई पक्राउ गरेपछि प्रहरीको मनोबल उच्च भएको छ । यसमा प्रहरीले सर्वत्र प्रशंसा पनि कमाइरहेको छ ।

footer