linktrix Long Ad
Salt Trading Long Ad

बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगियो

767
shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

उक्त प्रकरणमा पक्राउ परेका खाण सहित १२ जनालाई शनिबार देखि लागू हुने गरी हिजो (आइतबार) थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । हिजोमात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।

सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports