नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोल्पाका हरि बहादुर बुढा मगर सगरमाथाको चुचुरोमा

806
shares

काठमाडौं । रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहयोगमा शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका हुन् ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका उनले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जना भन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष चार सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको दोब्बर भन्दा धेरै हुन्छ ।

यस्तै यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख खतिवडाको भनाई छ । यस वर्ष अघिल्लो शनिवार देखि सगरमाथाको आरोहण सुरु भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports