तिन दल बीच सहमति जलहरीको बिषयमा सांसदको अभिव्यक्ति रेकर्ड बाट हटाउने र त्यस बिषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी दिने
वि.सं.२०८० जेठ १३ शनिवार १५:१७
shares

काठमाडौँ । तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ ।शुक्रबारको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए । संसद् सुचारु गराउन ठुला तीन दलका नेताहरु बीच भएको छलफलमा यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेको एमालेका सचेतक पदम गिरीले जानकारी दिए । तीन दल बीच सहमति भए सँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।





































