kumari
stcnepal

आइपिएलको उपाधिका लागि आज गुजरात र चेन्नई बिच खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधिका लागि आज आइतबार गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता गुजरात र चार पटक उपाधि विजेता बनिसकेको चेन्नईबीच प्रतिस्पर्धा हुन लागेको हो । नरेन्द्र मोदी स्टेडियममा हुन लागेको फाइनल खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

चेन्नई पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई पराजति गर्दै फाइनलमा स्थान बनाएको हो । हार्दिक पाण्डेयको कप्तानीमा रहेको गुजरात र महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई अहिलेसम्म आइपीएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले तीन पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ ।

चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सिजन खेलिरहेको गुजरात लगातार दोस्रो पटक नै आइपीएलको फाइनलमा पुगेको छ । यसअघि अघिल्लो वर्षको आइपीएलको उपाधि पनि गुजरातले जितेको थियो ।

आइपीएलको इतिहासमा चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा पुगेको हो । जसमा चेन्नईले चार पटक उपाधि जितेको छ । आइपीएलको इतिहासमा मुम्बईले सबैभन्दा बढी ५ पटक आइपीएलको उपाधि जितेको छ ।

footer