नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सङ्खुवासभामा बाढीले बगाएर १ जनाको निधन, १६ जना बेपत्ता

676
shares

सङ्खुवासभा । सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ । काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएका छन् । ‘उनीहरुले आफूहरूलाई पनि बगाउन लागेको थियो । साथीहरूलाई के भयो थाहा भएन भनेका छन्, हामी खोजी गरिरहेका छौँ,’ सङ्खुवासभा प्रहरी प्रमुख वीरेन्द्र गोदारले भने । सुपर हाइड्रो बाढीका कारण क्षतिग्रस्त भएको उनले बताए ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । गए रातिदेखि नै कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । गए राति नै ताप्लेजुङमा गएको पहिरोमा परी ४ जना बेपत्ता रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports