पाँचथरमा हेवा खोलाले बगाएर ५ जना बेपत्ता, ५ वटा पुल पनि बगायो
वि.सं.२०८० असार ३ आइतवार ०८:१४
shares

काठमाडौं । पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ ।
हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, विवरण आउन बाँकी रहेको जनाएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ ।
प्रहरीका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलाको पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ ।


































