नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेट नसच्याए पारित हुन नदिने एकीकृत समाजवादीको निर्णय

585
shares

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेट सच्याएर पास गर्नुपर्ने पक्षमा निर्णय लिएको हो ।

बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताउनुभयो । अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत सँग बजेट सच्याउने विषयमा छलफल गर्नसमेत सांसदहरुले आग्रह गरेका छन् ।

बजेट सन्तुलित नभएकाले सच्याउनु पर्ने बैठकको निचोड रहेको उपाध्यक्ष पाण्डेले जानकारी दिनुभयो । एकीकृत समाजवादीका सांसदहरुले संसद बैठकमा पनि प्रधानमन्त्री, अर्थमन्त्री र केही मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्रै वितरण गरिएको भन्दै असन्तुष्टी जनाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports