गृहमन्त्री श्रेष्ठले दिए रबि लामिछानेलाई घन्यबाद
वि.सं.२०८० असार १० आइतवार १४:११
shares
k|ltlglw;ef a}7s sf7df8f}F, !( r}tM pkk|wfgdGqL Pj+ u[xdGqL gf/fo0fsfhL >]i7 k|ltlglw;efsf] cfh a;]sf] a}7sdf ;fj{hlgs dxTjsf] k|:tfj k|:t't ug'{x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले निवर्तमान गृहमन्त्री रबि लामिछानेलाई तत्कालीन कार्यकालमा सुरक्षाकर्मी र सुरक्षा सेवामा गरिएको परिवर्तन र नागरिकमैत्री कामको सुरुवात र निर्णयप्रति धन्यवाद दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयमाथिको विनियोजित बजेटका शीर्षकमाथि उठाएका प्रश्न र दिइएका सुझावप्रति जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले रास्वपाका संसदीय दलका नेता समेत रहेका सांसद लामिछानेलाई धन्यवाद दिएका हुन् ।
लामिछानेले आफ्नो कार्यकालमा प्रहरीको सरुवा र बढुवामा आर्थिक चलखेललाई बन्द गराएका थिए । साथै अवकाश पाइसकेका सुरक्षा अधिकारीहरुको घरमा बाहालवाला सुरक्षाकर्मी खटाउने चलनलाई रद्द गरी फिर्ता गराएका थिए । सोही विषय उच्चारण गर्दै मन्त्री श्रेष्ठले आइतबार प्रतिनिधिसभाको जारी बैठकमा लामिछानेले गरेका कामको प्रशंसा गर्दै धन्यवाद दिए ।
‘जसले गरेपनि राम्रो कामको तारिफ गर्नुपर्छ, सही कामलाई सही भन्न सक्नुपर्छ’ मन्त्री श्रेष्ठले भने, ‘मेरो कार्यकालमा पनि अवकाश प्राप्त अधिकारीहरुको घरमा खटिएका ३ सय भन्दा बढी सुरक्षाकर्मी फिर्ता गरिसकेको छ् ।’ साथै उनले राष्ट्रिय परिचपत्र अभिलेखको रेकर्ड राख्ने कामलाई राज्यकै दायित्व भित्र रहने गरी व्यवस्था गरिएको उनले जानकारी दिए । यसअघि लामिछानेले नागरिकलाई दिइने परिचयपत्रमा लिइने औला छाप, जैविक विवरण जस्ता कुराको अभिलेख राख्ने काम एक नीजि कम्पनीलाई दिने निर्णय गरेका थिए । उक्त व्यवस्थालाई सुरक्षाको हिसाबले राज्यको दायित्व भित्र राख्नुपर्ने देखिएको भन्दै कम्पनीलाई दिने निर्णय खारेज गरेको बताए ।
साथै उनले आफ्नो कार्यकालको सुरुवातमा गृहमन्त्री र सचिवले जासुसीको नाममा बिना रेकर्ड र क्रस चेक बिनै अथाह रकम खर्चको रुपमा लिने व्यवस्था रहेको नियमावली नै खारेज गरिदिएको उनले सदनमा स्पष्ट पारे ।




































