नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुटगत गतिविधिकै कारण गत चुनावमा अपेक्षाकृत नतिजा नआएको एमालेको निष्कर्ष

897
shares

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरुले पार्टी भित्रका सकारात्मक र नकारात्मक विषयमा मन्थन गरेका छन् । बिहीबार अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित सातै जना उपाध्यक्षले करिब ५ घण्टा गरेको मन्थनमा पार्टीलाई मजबुत बनाउनुको विकल्प नभएको निष्कर्षमा सबै नेता पुगेका छन् ।

‘अध्यक्ष र उपाध्यक्ष बीच एकै ठाउँ बसेर विभिन्न राजनीतिक वैचारिक विषयबारे विचारविर्मश र मन्थनको सुरुवात भयो । यसक्रममा अध्यक्षका विचार र सुझाव हामीले सुन्यौ भने हाम्रा अध्यक्षले सुन्नुभयो’, उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘पहिला आफैभित्रका कमीकमजोरी सच्याउने र पार्टीलाई मजबुत बनाउने कोणबाट छलफल भयो ।’ मन्थनका क्रममा पछिल्लो समय केन्द्रीय तहमा गुट र गुटगत गतिविधि नभएपनि तल्ला कमिटीहरुमा त्यस्ता गतिविधि तीव्र भएको भन्दै तल्ला तहमा बढेका गुटगत गतिविधिलाई निरुपण गर्न चाल्नुपर्ने कदमका बारेमा पनि नेताहरुले विमर्श गरेका छन् ।

‘अहिले पनि एमालेलाई एक्ल्याउने, घेराबन्दी गर्दै र कमजोर पार्ने प्रयत्न चलिरहेका छन् । यस्तो अवस्थामा पार्टीलाई एकताबद्ध, सुदृढ र विस्तार गर्नपर्छ । तल्ला तहका पार्टी कमिटीमा देखिएका र रहेका कमिकमजोरीहरु हटाउँदै एकताबद्ध बन्नुपर्छ भन्नेमा सबै नेताको विचार आयो’, उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यसका लागि मिसन ८४ सफल पार्न आ-आफ्नो स्थानबाट सबै नेताले प्रभावकारी भूमिका खेल्न जरुरी देखियो ।’

बुधबार पनि अध्यक्ष र उपाध्यक्षहरुबीच छलफल भएको थियो । एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै मिसन ८४ अभियान अन्तर्गत केन्द्रीय नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । तर यो जिम्मेवारीमा कतिपय नेताहरुले असन्तुष्टि व्यक्त गर्दै कार्यक्षेत्रमा जान मानेका छैनन् भने अर्कोतिर प्रदेश, जिल्ला र स्थानीय तहमा समेत एमालेका विभिन्न गुटगत गतिविधि भइरहेका छन् । गुटगत गतिविधिकै कारण गत चुनावमा अपेक्षाकृत नतिजा नआएको एमालेको निष्कर्ष छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports