नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इमर्जिङ टिम्स एसिया कप : नेपाल आज पाकिस्तान सँग खेल्दै

676
shares

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आज शुक्रबार बलियो पाकिस्तान सँग खेल्दै छ । खेल नेपाली समय अनुसार, बिहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र पाकिस्तानले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

जुलाई २३ तारिख सम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा भने श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ को दुई खेल भएका थिए । पहिलो दिन भएको खेलमा श्रीलङ्काले बङ्गलादेश र अफगानिस्तानले ओमानलाई हराएका थिए । एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा भइरहेको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् । पवन सर्राफलाई अन्तिम समयमा आएर टोलीमा समावेश गरिएको हो । त्यसअघि आरिफ सेख टोलीमा परेका थिए । तर घरायसी कारणले गर्दा आरिफले प्रतियोगिता खेल्न नसक्ने भएपछि उनको स्थानमा पवनलाई राखिएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports