गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतको पेशी सूचीमा एक मात्रै इजलास गठन, बन्दी प्रत्यक्षीकरणको रिट मात्रै सुनुवाइ हुने

832
shares

काठमाडौँ । साउन ३ गते बुधबार सर्वोच्च अदालतको पेशी सूचीमा एक मात्रै इजलास गठन भएको छ । बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको एक मात्रै इजलास गठन भएको हो । साउन महिना लागेपछि अघिल्लो आर्थिक वर्षबाट मुद्दाको लगत सार्नुपर्ने लगायतका कामका कारण जिल्ला, उच्च र सर्वोच्च अदालतमा १५ गतेसम्म अन्य मुद्दामा सुनुवाइ हुँदैन । निरूपण गर्नुपर्ने मुद्दाहरूमा सुनुवाइ नहुने भए पनि निवेदन लगायतका अन्य मुद्दा वा रिट माथि भने सुनुवाइ हुने गर्छ ।

तर बुधबारका लागि सर्वोच्च अदालतले तोकेको पेशी सूचीमा भने ८ नम्बर इजलास मात्रै तोकिएको छ । गत आइतबार देखि नै हेर्दाहेर्दैमा राखिएको ललिता निवास प्रकरणमा थुनामा रहेका व्यक्तिहरूको बन्दी प्रत्यक्षीकरणको रिट मात्रै सुनुवाइका लागि पेशीमा राखिएको छ । सञ्चारसचिव कृष्ण बहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर रायमाझी, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्म प्रसाद गौतम लगायतले आफूहरूलाई गैर कानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports