पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रातारात अस्पताल लगियो
वि.सं.२०८३ भदौ ५ शुक्रवार १२:१०
shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि गएराति रावलपिंडीको अडियाला जेलबाट इस्लामावादस्थित शिफा इन्टरनेसनल अस्पताल पुर्याइएको छ ।
खानलाई अस्पताल पुर्याएलगत्तै अस्पताल भवनको सबै बत्तीहरू निभाइएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै, अस्पतालका डाक्टर तथा कर्मचारीहरूको मोबाइल फोन समेत जफत गरिएको र गेटबाहिर रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हटाइएको छ ।
पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि इमरानलाई उपचारका लागि अस्पताल ल्याइएको हो ।मंगलबार अदालतले खानलाई दुई दिनभित्र अस्पताल लैजान आदेश दिएको थियो । उनलाई १६ सेप्टेम्बरसम्म त्यहाँ राख्न आदेश दिइएको छ ।
खानका परिवार र वकिलहरूले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनलाई उपचारका लागि निजी अस्पतालमा सार्न र त्यहाँ आफूले रोजेका चिकित्सकहरूबाट उपचार गराउन माग गरेका थिए ।





































