रास्वपाको प्रवत्तामा जगदीश खरेल नियुत्त
वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:२३
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन्।
उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए।ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित खरेल चुनावअघि रास्वपामा प्रवेश गरेका थिए।
शुक्रबार बसेको केन्द्रीय बैठकमा सभापति रवि लामिछानेले प्रवक्तामा खरेलसँगै कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा. नमिता यादवलाई मनोनीत गर्ने प्रस्ताव राखेका थिए।सभापतिको उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।






































