कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा पार्टी बैठकमा राखे
वि.सं.२०८० साउन ५ शुक्रवार १४:००
shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् ।केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले उल्लेख गरेका छन् । समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई लिनुपर्ने उनले बताए । राष्ट्रिय सभाका सदस्यको संख्या ३५ मा झार्नुपर्ने पौडेलको मत छ ।
मास बेस्ड पार्टी कांग्रेस भएकाले सदस्यता खोज्नेले पाउनुपर्ने बताए । महामन्त्रीले खुला गरेको सदस्यता क्रियाशील नभएर साधारण सदस्यता रहेको उल्लेख गर्दै उनले दुईप्रकारका सदस्यता अन्त्यको माग गरे । ‘सदस्यता जसले खोजेको हुन्छ, त्यसले पाउनुपर्ने मास बेस्ड पार्टीमा हुनुपर्दछ,’ पौडेलले भने । टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने मत उनले राखे ।





































