गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बढि भाडा लिन मोलमोलाई गर्ने ९ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

689
shares

 

काठमाडौँ । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ ।
बिगतका बर्षहरुमा झै चाडपर्बको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुने गर्दछ । यस्तो भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढि भाडा लिने, डबल टिकट काट्ने समुहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यबस्था गर्न ट्राफिक प्रहरीले बिशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ ।

ट्राफिक प्रहरीको सादा पोशाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुहरुसँग बढि भाडा लिई टिकट काट्ने व्यक्तीहरुलाई निग्रानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत ब्यक्तीहरुले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढि भाडा लिदै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।
बिभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ बर्षका समिर श्रेष्ठ, धनकुटाका ३० बर्षिय किरण लिम्बु र सुनसारीका २८ बर्षे सविन राई पक्राउ परेका हुन् । त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने

काठमाण्डौ बस्ने बर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ बर्षे बिशाल गुरुङ्ग र कैलालीका २९ बर्षे रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन् ।
उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।त्यसैगरि काठमाण्डौंको कलंकीबाट बर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बर्ष ३७ को बिनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports