kumari
stcnepal

१३ वर्षीय बालकलाई अपहरण गरी पु¥यायो भारतको सुपौल

 

काठमाडौँ । अपहरणमा परेका सुनसरी कोसी गाउँपालिकाका १३ वर्षीय बालकलाई प्रहरीले भारतबाट उद्दार गरेको छ । अपहरणमा परेको १० घन्टापछि बालकलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो।कोसी गाउँपालिका– ७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १३ वर्षीय दिपेन सदालाई शुक्रबार बिहान सकुशल उद्दार गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

बालकलाई बिहीबार दिउँसो करिब ३ बजे अपहरण गरिएको थियो। भारत सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपुर–६ बैरयाकमालबाट शुक्रबार बिहान उद्दार गरिएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । सुपौल जिल्ला ग्राम पञ्चायल बलबदैपुर–६ का मुकुम मियाँसहितले बालकलाई नेपालबाट अपहरण गरेको बुझिएको थापाले बताएका छन् ।

मियाँले नेपालबाट भारतमा ज्याला मजदूरी गर्न मानिसलाई पठाउने गरेको बुझिएको छ । उनका अनुसार मियाँले कोसी गाउँपालिका–७ का भुल्टन सदासहित पाँच जनालाई अग्रिम भुक्तानी दिएर कामदार खोज्न अह्राएका थिए ।उनले अग्रिम दुई लाख रुपैयाँ दिएर १५÷२० जना कामदार खोज्न लगाएको खुलेको छ। तर, सदासहितको समूहले मानिस उपलब्ध नगराएपछि त्यहीँका बालकलाई अपहरण गरिएको थापाले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट मानिस उपलब्ध नगराएपछि त्यहीँका बालकलाई अपहरण गरी लगेको खुलेको छ,’ थापाले भने । मियाँसहितका व्यक्ति बिहीबार दुइटा मोटरसाइकलमा नेपाल आएका थिए ।

बालकलाई उठाएर मोटरसाइकलको बीचमा राखेर ३५ किलोमिटर पूर्वदक्षिण भारतस्थित मियाँको घरमा पु¥याइएको थियो । बालकलाई मियाँकै घरबाट उद्दार गरी नेपाल ल्याइएको हो,’ थापाले भने। अपहरणपछि आफूलाई कुटपिट पनि गरेको पीडित बालकले प्रहरीलाई बताएका छन्। बालकलाई शुक्रबार आमाबुवाको जिम्मा लगाइएको छ ।अपहरणमा संलग्न मियाँलाई भने प्रहरीले फेला पार्न सकेको छैन ।साथै, उनलाई मानिस खोजेर जिम्मा लगाउन अग्रिम भुक्तानी लिएको समूहको खोजी भइरहेको थापाले बताए ।

 

footer