विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको केन्द्रीय कार्यालय भवन भदौ ६ गते सम्म नभत्काउन अदालतको आदेश

637
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भवन भदौ ६ गतेसम्म नभत्काउन अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले धुम्बाराही स्थित पार्टीको कार्यालय ६ गतेसम्म नभत्काउन आदेश दिएको हो।

विद्युत प्रसारण लाइनको मुनि रहेकाले तीन दिन भित्र हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाले गत साउन १२ गते माइकिङ गर्दै निर्देशन दिएको थियो।महानगरको निर्देशनलाई वेवास्ता गरेपटि राप्रपा कार्यालय भत्काउन महानगरले साउन १५ मा डोजर सहित टोली खटाएको थियो। तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंको पहलमा भएको छलफलमा सार्ने सहमति भएको हो। जस अनुसार राप्रपाले कार्यालय खाली गर्न २१ दिनको समय पाएको थियो।उच्च अदालतले जग्गाधनीको सहमति र अनुमति बीना भवन भत्काउन नहुने भन्दै भदौ ६ गतेसम्म नभत्काउन आदेश दिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports