kumari
stcnepal

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई हुँदैछ । लामीछाने विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ । नाबालिग बलात्कारको आरोपमा सन्दीप विरुद्ध परेको मुद्दाको सुनुवाइ यसअघि पटक-पटक सर्दै आएको छ ।

लामिछाने पक्षले ‘गौशाला’ २५ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।

आजको अन्तिम सुनुवाइ पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो ।

footer