आज सुनको मूल्य १ हजार ३०० ले बढ्यो
वि.सं.२०८० कात्तिक १ बुधवार १६:११
shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रूपैयाँले बढेर १ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९०० रूपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो । यसै गरी, बुधबार तोलामा ३५ रूपैयाँले बढेर चाँदी १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।





































