विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल धितोपत्र बोर्डको ब्रोकर कमिसन घटाउने निर्णय , १० प्रतिशत विन्दुले घटाउने

884
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बुधबार बसेको बोर्ड सञचालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो । बोर्डको यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आउने बोर्ड स्रोतले जनाएको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने प्रस्ताव गरेको थियो । सोही समितिको प्रस्ताव अनुसार बोर्डको सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने भएको छ ।

संशोधित नयाँ कमीसन अनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमा ०.३६ प्रतिशत पुग्नेछ । यस्तै ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत कायम गर्ने निर्णय भएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ । बोर्डले ब्रोकर मार्फत आफूले पाउने शुल्क समेत १० प्रतिशत बिन्दुले घटाएको भनाइ छ । हाल बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्क बापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएकोमा अब ब्रोकरबाट नियमन शुल्कबापत ०.५४ प्रतिशत लिने निर्णय भएको बोर्ड स्रोतले बतायो ।

यस्तै लगानीकर्ताले गर्ने कारोबारबापत नेप्सेले प्राप्त गर्ने शुल्कबापत आफूले प्राप्त गर्ने कमिसन समेत घटाएको स्रोतले बतायो । उक्त शुल्क ७ प्रतिशत बिन्दुले घटाएको छ। हाल लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ। अब भने बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्नेछ। ‘ब्रोकर कमीसन १० प्रतिशत र बोर्डले लगानीकर्ताबाट प्राप्त गर्ने शुल्क पनि ७ प्रतिश्त विन्दुले घटाउने निर्णय भएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘ब्रोकर कमिसन मात्रै घटाउने निर्णय भएको छैन । ब्रोकरले नियमन शुल्क बापट ब्रोकर कमिसनबाट बोर्डलाई बुझाउनुपर्ने हिस्सा पनि १० प्रतिशतले घटाएका छौं ।’

यसअघि बोर्डले ०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो । हाल ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत कमीसन लाग्नेमा अब ०.३६ प्रतिशत लाग्ने भएको छ । यस्तै ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत रहेको कमिसन घटेर ०.३३ प्रतिशत कायम भएको छ । यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन रहेकोमा अब ०.३०६ प्रतिशत कायम हुने बोर्ड स्रोतले जनाएको छ ।

२० लाखदेखि एक करोड रूपैयाँसम्ममा ०.३० प्रतिशत रहेको ब्रोकर कमिसन अब ०.२७ प्रतिशत र एक करोडमाथि ०.२७ प्रतिशत रहेको कमिसन अब ०.२४३ प्रतिशत हुने भएको छ । केही समय अगाडि धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन प्रस्तावसँगै बोर्डको कमिसन घटाउन प्रस्ताव पनि लैजाने बताएका थिए । सोही अनुसार उनले ब्रोकर कमिसनसँगै धितोपत्र बोर्डको कमिसन पनि घटाउने प्रस्ताव सञ्चालक समितिबाट पारित गराएको छन् ।

ब्रोकर कमिसन घटेसँगै कारोबार भोल्युम बढ्ने र त्यसबाट ब्रोकरको आम्दानी पनि बढ्न गई सेयर ब्रोकर सस्टेन हुने विश्वास लिएको बोर्डका अधिकारीहरु बताउँछन् । ब्रोकर कमिसन घटाउन निर्णयसँगै बुधबार सेयर बजारमा पनि उच्च वृद्धि भएको छ । ‘ब्रोकर कमिसन घट्दा बजारमा उत्साह बढ्ने र कारोबार पनि बढ्छ भन्ने विशवास छ,’ बोर्ड स्रोतले भन्यो, ‘कारोबार बढ्दा हाम्रै आम्दानीमा पनि खासै घट्दै अहिले नबढे पनि कही फरक पर्दैन भन्ने हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports