विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बरबराउन थाल्नुको अर्थ के ?

481
shares

 

काठमाडौ । कोशी प्रदेशमा भएको राजनीतिप्रति राजनीतिक दलहरुले चासो देखाउन थालेका छन् । सत्ता गठबन्धनको कोशी प्रदेशमा हार भएको कारण संघीय सरकार समेत फेरबदल हुन सक्ने सम्भावना बढेर गएको छ । सत्ता गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई उम्मेदवार बनाउने निर्णय पश्चात् कोशी प्रदेशसभामा कांग्रेसका ८ जना सांसदले विद्रोह गरेका थिए ।
संसदको सबै भन्दा ठुलो दल नेकपा एमालेले कांग्रेसका विद्रोही सांसद केदार कार्कीलाई समर्थन गर्ने निर्णय गरेपश्चा्त सत्ता गठबन्धन संकटमा परेको थियो ।
नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा कांग्रेसका विद्रोही सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् भने उनले आफूले प्रदेश प्रमुखसँग शपथ लिएसँगै कांग्रेसका विद्रोही सांसद शम्शेर राई र नेकपा एमालेका रामबहादुर मगरलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
सत्ता गठबन्धनले मुख्यमन्त्री कार्कीलाई एमालेका सांसदलाई कुनै पनि सर्तमा पनि मन्त्री नबनाउ दबाब दिएको भएपनि मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गरेको भन्दै कांग्रेसको दबाबलाई र सत्ता गठबन्धनको दबावलाई अस्वीकार गरेर राजनैतिक इमान्दारिता देखाएका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरु जुनसुकै सर्तमा पनि एमालेलाई कुनै हालतमा पनि सत्तामा पुग्न नदिने कुटिल षड्यन्त्रमा लागेका भएपनि उनीहरुको षड्यन्त्र असफल सावित भएपछि आफ्नो पद गुम्ने डरले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता शेखर कोइरालालाई सत्ता गठबन्धन कायम राख्ने कबुलियतनामा गराएको भएपनि त्यो कबुलियत नामाको चिर्कटोको कुनै अर्थ नरहने कांग्रेसजनहरुले नै बताउन थालेका हुनाले प्रधानमन्त्री दाहाल बरबराउन थालेका छन् ।
चितवनमा पुगेर प्रधानमन्त्री दाहालले आफूले अमेरिका, भारत र चीनसँग राम्रो सम्बन्ध कायम गरेको हुनाले कुनै हालतमा पनि सरकार परिवर्तन नहुने उद्घोष गरेका छन् भने एमाले कहिल्यै सरकारमा नपुग्ने भएकाले सरकार फाल्न लागि परेको आरोप समेत लगाएका हुनाले उनी अमेरिका, भारत र चीनको सहयोग र समर्थनमा प्रधानमन्त्री रहिरहन चाहेको जस्तो देखिएको छ । त्यसैले उनी नेपाली जनताका प्रधानमन्त्री बन्न नसकेको प्रष्ट भएन र ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports