विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भन्सार तिरेर सुन ल्याउन दिने व्यवस्था गरौँ

728
shares

 

काठमाडौ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने कार्य रोकिएको छैन । पाँच महिनामा नै करिब ६१ किलो बरामद भईसकेको छ । अस्तिमात्र फेरी १४ किलो सुन बरामद भएको छ । दुबईबाट ल्याएको सुन बरामद भएको भनिएको छ । पटक पटक सुन बरामद हुँदा समेत विमानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त राखिएको छैन ।
जति पटक सुन बरामद भएपनि भरियामात्र पक्राउ पर्ने गरेका छन् । सरकारले जाँचबुझ समिति बनाएको भएपनि त्यस्ता समितिहरु सुनका मालिक को हुन भनेर उनीहरुको नजिक पुग्न नसकेकाले गर्दा प्रष्ट हुन्छ सुन तस्करी काण्डमा समेत राजनीतिक दल र सरकारमा बसेका उच्च तहकै व्यक्तिहरुको संलग्नता रहेको छ भनेर । भरियामात्र पक्राउ गर्ने तर मालिकहरु पक्राऊ गर्न नसकेका हुनाले पटक पटक सुनको तस्करी भईरहेको छ ।
पाँच महिनामा ६१ किलो सुन विमास्थलबाट पक्राउ परिसकेको छ । कतिपय पटक त सुन विमानस्थलबाट बाहिरिसकेपछि समातिएको हुनाले त्रिभुवन विमानस्थलको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ । सुन तस्करहरुले त्रिभूवन विमानस्थलाई ट्रान्जिट पोइन्ट बनाएर सुन भित्र्याइरहेका हुनाले अब सरकारले भन्सार तिरेर सनु ल्याउन पाउने व्यवस्था गर्नु नै उपर्युक्त हुनेछ ।
विश्वको दोस्रो ठुलो सुनको बजार भनेको भारत रहेको र भारतले सुनमा ४० प्रतिशत भन्दा बढी कर लगाएको हुनाले नेपालबाट चोरी तस्करी गरि भारतमा नै सुन पुग्ने गरेको छ । भारतमा १ हजार र पाँच सयको नोट खारेज गरेको हुनाले भारतका धनीमानी व्यक्तिहरुले सुन खरिद गर्ने गरेका हुनाले भारतमा सुनको माग बढ्दो क्रममा रहेको र भन्सार तिरेर सुन खदिर गर्दा महंगो पर्ने भएकाले दुबईबाट नेपालमा सुन ल्याएर भारतमा पठाउने गरिएको आशंका गरिएको छ ।
अब नेपाल सरकारले समेत १ हजार र ५ सयको नोट खारेज गरेर भारतको भन्दा केही बढी सुनमा भन्सार लगाएर सुन ल्याउन दिने व्यवस्था गरेको खण्डमा मात्र सुनको तस्करी रोकिन्छ । विश्वको सुनको सबैभन्दा ठुलो बजार चीन भएको र नेपालमा तस्करी गरी आउने सुनमा समेत चिनियाँ नागरिकहरुको संलग्नता देखिएको हुनाले त्यसलाई रोक्नका लागि भएपनि भन्सार तिरेर सुन ल्याउन दिने व्यवस्था गर्नु उपर्युक्त हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports