२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

११५ वटा जातजाति मात्र अल्पसंख्यक सूचीमा

1.24K
shares

काठमाडौं । आगामी माघ ११ गते तोकिएको राष्ट्रियसभा निर्वाचनमा ११५ जातजातिले अल्पसंख्यकतर्फ उम्मेदवारी दिन पाउने भएका छन । सरकारले पछिल्लो जनगणनाअनुसार अल्पसंख्यकको सूची सार्वजनिक गरेपछि यो ब्यवस्था भएको हो ।

गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन, ऐन, २०७४ को दफा दुईको खण्ड ख बमोजिम राष्ट्रिय जनगणना, २०७८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेकका ११५ जातजातिको सूची राजपत्रमा प्रकाशित गरेको छ । यही पुस पाँच गते मन्त्रिपरिषद बैठकले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कम जनसंख्या रहेका दलितबाहेक अल्पसंख्यक जातजातिलाई अल्पसंख्यको रुपमा तोक्ने निर्णय गरेको थियो । फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये तीनजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट रिक्त हुन लागेका छन् ।

निर्वाचन आयोगका अनुसार अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसबाट गण्डकी प्रदेशबाट निर्वाचित प्रकाश पन्थ, नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशबाट निर्वाचित महेशकुमार महरा र नेकपा एमालेबाट बागमती प्रदेशबाट निर्वाचित रामचन्द्र राईको कार्यकाल सकिन लागेको हो । नेपालको संविधानको धारा ३०६ को ‘क’ले ‘अल्पसंख्यक’ भन्नाले संघीय कानून बमोजिम निर्धारित प्रतिशत भन्दा कम जनसंख्या रहेका जातीय, भाषिक र धार्मिक समूहलाई जनाउँछ । उक्त शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाईराख्ने आकांक्षा रहेका, विभेद र उत्पीडन भोगेका समूह समेतलाई जनाउने गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को ‘ख’ मा ‘अल्पसंख्यक’ समुदाय भन्नाले निर्वाचन हुनुभन्दा तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा एकको खण्ड ‘क’ को अधीनमा रहेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर तोके बमोजिमका जातीय, भाषिक र धार्मिक समूह हुनुपर्ने उल्लेख छ । २०७४ माघ आठ गते गृह मन्त्रालयले राजपत्रमा पकाशित सूचना अनुसार ९८ वटा अल्पसंख्यक समुदाय रहेका थिए । जम्मा १४२ जातजातीमध्ये दलितबाहेक ११५ जातजाति अल्पसंख्यक जातजातीमा पर्दछन भने बाँकी १६ वटा जातजाति मात्रै अल्पसंख्यक भन्दा अन्य जातजातीमा परेका हुन ।

पछिल्लो सूचीअनुसार शून्य दशमलव पाँच प्रतिशत भन्दा बढी जनसंख्या हुने जातजातिमा क्षेत्री, ब्रामण (पहाड) मगर, थारु, तामाङ, विश्वकर्मा, मुसलमान, नेवा (नेवार), यादव, राई, परियार, गुरुङ, ठकुरी, मिजार, तेली, याक्थुङ (लिम्बु), चमार (हरिजन, राम) कोइरी (कुसवाहा), कुर्मी, मुसहर, धानुक, दुसाध (पासवान, पासी), ब्रामण (तराई), मल्लाह, सन्यासी (दसनामी) र केवट रहेका छन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports