२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिशोधको राजनीतिको अन्त्य प्रतिशोधबाटै हुन सक्दैन ?

३५ वर्षमा केही भएन भन्ने भाष्य प्रमाणले नै गलत ठहर

143
shares

 

काठमाडौं । २०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यपछि एउटा भाष्य निर्माण गरिएको छ त्यो हो ३५ वर्षसम्मा केही भएन भन्ने हो । हो, जति हुनुपर्ने थियो त्यो नभएकै हो तर केही नै भएको छैन भन्ने भाष्यलाई सरकारी दस्तावेजले नै गलत ठहर गरेको छ ।
चुनावी भाषणदेखि चिया पसलसम्ममा र सामाजिक सञ्जालमा समेत यो भाष्यले निकै प्राथमिकता पाएको देखिन्छ । के यो कुरा तथ्यमा आधारित छ त ? जनताले चाहेजति विकास निर्माणका कार्य हुन नसकेकै हो । त्यसको कारण के हो भनेर बुझ्नुपर्ने आवश्यकता देखिन्छ । पुराना राजनीतिक दलहरु प्रतिको पूवागह नै यो भाष्य उब्जिएको सरल कथनमात्र यो हो भन्ने सकिने धेरै आधार सरकारी दस्तावजेहरुले नै यसको वास्तविकतालाई उजागर गरेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको साहौं योजना २०८१÷८२ र २०८५÷८६ को दस्तावेजले नै प्रमाण दिन्छ । वितेका ७ दशकको योजनावद्ध विकासको प्रयासको समिक्षा गरिएको यो दस्तावेजले ३५ वर्षमा केही भएन भन्ने भाष्यलाई सैद्धान्तिक रुपमा मात्र होइन तथ्यांकीय रुपमा पनि खण्डन गरेको छ । ३५ वर्ष सम्ममा केही भएन भन्ने भाष्यलाई गलत ठहर गरेको छ । ३५ वर्ष सम्ममा केही भएन भन्ने भाष्य राजनीतिक रुपमा उठाइएको र असन्तुष्टिबाट जन्मिएको शब्द हो ।
पटक–पटक सरकार बदलिरहनु, भ्रष्टाचार बढ्नु, युवा विदेश पलायन हुनु र जनताले चाहेजस्तो विकास निर्माण हुन नसक्नु र आर्थिक समृद्धि हाँसिल हुन नसक्दा नागरिमा निराशा र आक्रोश बढ्नु स्वाभाविक हो÷थियो । देशले हाँसिल गरेको उपलब्धि समग्रमा न्यून रहेको तथ्यलाई योजना आयोगले नै स्वीकार गरेको छ । जति हुनुपर्ने थियो त्यही नभएको सत्य हो तर केही नै भएन भन्ने भाष्य नै गलत रहेको छ ।

राजनीतिक स्वार्थका लागि ३५ वर्षमा केही भएन भन्ने भाष्य र त्यसलाई प्रयोग गरेर जनतामा नैराश्यता फैलएर आफ्नो राजनीति स्वार्थ पूरा गर्न खोज्नु फेरी जनतालाई झुक्याउनु बाहेक अन्य केही हुन सक्दैन । पछिल्लो समयमा पुराना दलहरुलाई पाखा लगाउने हतियारका रुपमा र प्रतिशोधका रुपमा यो भाष्य प्रयोग गर्न थालिएको छ । यो आत्मालोचनात्मक यथार्थवाद हो भने दोस्रो तथ्यहीन र निरासावाद हो ।
पछिल्लो समयमा नेपाली समाजलाई निराशावादमा रुमलिएको छ । खासगरी २०८२ भाद २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गरेर भाद्र २४ गते मुलुकभरमै विध्वसात्मक कार्य गर्नेहरुले ३५ वर्षसम्म केही भएन भन्ने भाष्यलाई प्रयोग गरेर जनताको ध्यान आफूतर्फ खिच्न प्रयोग गरिएको शब्द नै केही भएन भन्ने हो ।
त्यही शब्दलाई प्रयोग गरेर रास्वपाले २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई मत पाएको थियो । अहिले रास्वपाकै नेतृत्वको बालेन सरकार रहेको छ । बालेन सरकार २०८२ चैत्र १३ गते गठन भएको थियो । बालेन सरकार गठन भएको ६ महिना पूरा भएको छ तर उसले पनि जनताको विश्वास जित्न सकेको छैन भन्ने ऊ सामाजिक सञ्जालमै रमाउन थालेको र निर्वाचनका बेला जनतालाई दिएका आश्वासनहरु अहिलेसम्म पूरा गर्न सकेको छैन ।
रास्वपा नेतत्वको सरकारले १०० दिनभित्रमा यी काम गरिएसक्ने भनेर आश्वासन त्यसबेला जनतालाई दिएको थियो । तर १०० वटा आश्वासन मध्येका केही छिटफुट बाहेक कुनै काम भएका छैनन् भने बालेन सरकार गठन भएकै दिनदेखि प्रतिशोधको राजनीतिमा उत्रिएको छ । प्रतिशोधको राजनीतिले अन्त्य पनि प्रतिशोधकै राजनीतिबाट हुन सक्दैन भन्ने हेक्का रास्वपा र बालेन सरकारलाई होस् ? त्यसले त अरु विद्रोहमात्र जन्माउन सक्छ ।
नेपाल सरकारको आधारिक दस्तावेज अनुसार ३० वर्षअघि २५ प्रतिशत रहेका महिला साक्षरता २०७८ मा आईपुग्दा ६९.४ प्रतिशतमा पुगेको छ भने समग्र साक्षरता (पाँच वर्षमाथि) आर्थिक वर्ष २०७५÷७६ मा ६५.९ प्रतिशत रहेकोमा २०७९÷८० बढेर ७६.३ प्रतिशत पुगेको छ । उच्च शिक्षमा भर्नादर १२ बाट बढेर ३२ प्रतिशत पुगेको छ । साँच्चिकै ३५ वर्षमा केही नभएको भए आजपनि तीन जना महिलामा १ ज नामात्र साक्षर रहने थियो । मृत्युदरपनि एक समयमा प्रतिलाख २ सय ३९ रहेकोमा अहिले १ सय ५१ मा झरेको छ ।
५ वर्ष मुनिकाका बालबालिकाको मृत्युदर ३९ वटा झेर ३३ मा पुगेको छ । यो संख्या तथ्यांक मात्र होइन यसको पछाडि हजारौँ आमा र बालबालिकाका ज्यान जोगिएको यथार्थ लुकेको छ । विगतको तीन दशकमा स्वास्थ्य प्रणालीमा लगानी र सुधार नभएको भए आज प्रत्येक सय जनामा थुप्रै आमा र बालबालिकाले ज्यान गुमाउनुपर्ने हुन्थ्यो ।
नेपालले यसैबीचमा पूर्वाधारमा पनि उल्लेखनीय विस्तार गरेको छ । विद्युतको पहुँचमा पनि घर परिवार ८८ प्रतिशतबाट बढेर ९६.७ प्रतिशत पुगेको छ । विद्युत उत्पादन क्षमता १ हजार २ सय ५० बाट बढेर २ हजार ८ सय ७७ मेगावाट पुगेको छ । राष्ट्रिय प्रादेशिक लोकमार्गको लम्बाई ७ हजार ८ सय ९० किलोमिटर बढेर १४ हजार ७ सय ५५ किलोमिटर पुगेको छ । यी सबै कारणहरुले गर्दा विगतमा केही कुशासन भएका भएपनि देश विकासको क्रममा विगतमा पनि केही इमान्दार प्रयास भएका थिए भने प्रमाणले नै पुष्टि गरेको छ त्यसमा पनि सरकारी प्रमाणले नै ।
गरिबी न्यूनीकरणमा समेत उल्लेखनीय प्रगति भएको योजना आयोगको प्रतिवेदनले नै देखाएको छ । जनसंख्याको ठुलो हिस्या गरिबी रहेकोमा सामाजिक सुरक्षामा आवद्ध जनसंख्या १७ प्रतिशतबाट बढेर ३२ प्रतिशत पुगेको छ । देशका नागरिक स्वास्थ्य, शिक्षा र आर्थिक स्थितिको स्तरलाई मापन गरिने मानव विकास सूचांकक पनि ०.५७९ बाट बढेर ०.६०१ मा पुगेको छ । यी सबै तथ्यहरुले गर्दा विगतमा केही भएन भन्ने भाष्य निर्माण गरेर राजनीतिक स्वार्थ पुरा गर्ने र जनतालाई भ्रममा राख्ने प्रयास कै कारण केही भएन भने भाष्य प्रयोग गरिएको पुष्टि हुन्छ ।
३० वर्षसम्म केही भएन भने भाष्य किन यति व्यापक बनाइयो त ? यसको मुख्य कारण सरकारको दस्तावेजमा आफैँले औल्याएको छ । जसको एकमात्र कारण लक्ष्य र उपलब्धिबीचको ठुलो खाडल वास्तविक उपलब्धिबीचको ठुलो अन्तरले गर्दा र राजनीतिक प्रतिशोधकै लागि मात्र विगत ३५ वर्षमा केही भएन भने भाष्य प्रयोग गरिएको हो, प्रतिशोधको राजनीतिको अन्त्य प्रतिशोध हुन सक्दैन भन्ने हेक्का रास्वपा नेतृत्व र बालेन सरकारलाई हुन जरुरी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports