गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरी निर्विरोध

741
shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरी उम्मेदवार उठेका छन् । कैलालीको टिकापुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम जारी रहेको छ ।

अहिलेसम्म अध्यक्ष पदमा रेशम चौधरीको उम्मेदवारी मात्र परेको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए । हालसम्म निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठको उम्मेदवारी परेको छैन । यद्यपि उनी पनि अध्यक्षका लागि आकांक्षी हुन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सोहीअनुसार अन्य पदमा पनि उम्मेदवारी दिनेक्रम सुरु भएको छ ।

महाधिवेशनबाट पार्टी अध्यक्ष सहित एकजना सह अध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports