२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धन सच्चिनु पर्ने हो, हाम्रो उम्मेदवारी यथावत् छ : अध्यक्ष डा. सीके राउत

728
shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह सो पार्टीका अध्यक्ष डा. सीके राउतले अस्वीकार गरेका छन् । राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीबाट अध्यक्ष राउतले सत्ता गठबन्धनको निर्णय विपरीत मधेस प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिन लगाएका छन् । सो उम्मेदवारी फिर्ता लिनका लागि गरिएको आग्रह अध्यक्ष राउतले अस्वीकार गरेको सत्ता गठबन्धन दलका एक नेताले बताए ।

उम्मेदवारी फिर्ता लिने म्याद पुस २७ गते थियो । सोही दिन प्रधानमन्त्री प्रचण्डले अध्यक्ष राउतलाई फोन गरेर उम्मेदवारी फिर्ता लिनका लागि आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले फोन गर्दा अध्यक्ष राउत धनगढीमा थिए । यसबारे आज बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका थिए । प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘सीके राउतजी त्यतिबेला धनगढीमा हुनुहुँदो रहेछ, सल्लाह गरौँला भन्नुभयो त्यति राम्रोसँग कुराकानी हुन सकेन, उम्मेदवारी पनि फिर्ता लिन लगाउनु भएन ।’ प्रधानमन्त्री प्रचण्डले आफूले एक पटक पुनः बोलाएर नै कुरा गर्ने बैठकमा कुरा राखेको ती नेताको भनाई छ । अब उम्मेदवारी फिर्ता लिन नसके पनि विज्ञप्ति जारी गरेर गठबन्धनका लागि मत माग्न सकिने उनको भनाई थियो ।

जनमत पार्टीले लुम्बिनी प्रदेशमा बोलगोविन्द चौधरी र मधेस प्रदेशबाट रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ । मधेस प्रदेशमा जनमत पार्टीको मतभार ४२४ रहेको छ भने लुम्बिनी प्रदेशमा १४४ रहेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवार बनेका बालगोविन्द चौधरीले भने, ‘उम्मेदवारी हामीले फिर्ता लिने होइन, उहाँहरू (सत्ता गठबन्धन दल) सच्चिनु पर्ने हो, उहाँहरूको एकल जातीय सूची सच्चाउनु पर्ने हो । मधेसी, थारु मुस्लिम, आदिवासी सहित सीमान्तकृत वर्गको भाग खोस्ने सूची सच्चाउनु पर्ने हो । हाम्रो उम्मेदवारी यथावत् छ ।’

मधेसी, थारु मुस्लिम, आदिवासी सहित सीमान्तकृत वर्गको पक्षमा उभिँदा गठबन्धन छाड्न तयार रहेको बताउँदै जनमतले २–४ थान मन्त्रालय आफूहरूको लागि ठुलो कुरा नरहेको त्यसलाई पनि छाड्न तयार रहेको बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports