२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

611
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports