kumari
stcnepal

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको निधन

काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको निधन भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा निधन भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको निधन भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए ।उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए ।

footer