सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गाडी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई ध्यानाकर्षण

403
shares

काठमाडौं । गाडी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन् । ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरिन् ।

‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ?,’ उनले सरकारसँग तथ्यांक पेश गर्दै भनिन्, ‘यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’

ज्ञापनपत्र बुझ्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए । ‘हामी यसमा गम्भीर छौं र तपाईंले दिएको सुझाव र प्रश्नहरुको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ । मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ । समस्याप्रति हामी गम्भीर छौं,’ मन्त्री ज्वालाले भने । उनले र सरकार सवारी साधन दुर्घटनाको न्युनिकरणका लागि आवश्यक काम गरेर अघि बढिरहेको दाबी पनि गरे । रास्वपाले ध्यानाकर्षण पत्रमा दुर्घटना न्यूनिकरणका लागि २०७६ पुसमा विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएको सुझाव के कति कार्यान्वयन भए वा भएनन् ? कानुन परिमार्जनको सुझाव किन कार्यान्वयन भएन भनेर प्रश्न पनि गरेको छ ।

यस्तै दुर्घटनापछि बन्ने छानबिन समिति बनाउने तर प्रतिवेदन कार्यान्वयनमा नल्याउने, चालक र यान्त्रिक गडबडीलाई दोष दिएर उम्कने गलत प्रवृत्तिको निरन्तरता कायम रहेकोमा पनि आपत्ति जनाएको छ । सवारी चालक अनुमति पत्रमा कडाइ, सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्ने नीतिगत सुधार किन नगरेको भनेर रास्वपाले सरकारसँग अर्को प्रश्न पनि गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports