२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छानबीन समितिले माघ १५ गते भित्रमा प्रतिबेदन सरकारलाई बुझाउने गर्यो तयारी

1.22K
shares

काठमाडौं । एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको तयारी गरिएको छ । टंकमणि शर्मा नेतृत्वको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो । बिहीबार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने जानकारी गराएकी हुन् । बैठकमा मन्त्री शर्माले भनिन्, ‘एनसेल शेयर खरिद बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गतेसम्ममा बुझाउने गरी काम भइरहेको छ ।’

गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् । यो समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएको थियो । त्यसमा पछि १५ दिनको सयय थपिएको थियो । आजियाटाले रेजोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । शेयर खरिद गरेको भन्दा कम मूल्यमा बिक्री गरेको भन्दै यसबारे विवाद सिर्जना भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports