kumari
stcnepal

विपी प्रतिष्ठान धरानमा मेयर साम्पाङले लगाएको ताला खोल्न अदालतले दियो आदेश

उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाइएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले सो आदेश गरेको हो ।

केही दिनअघि धरानका मेयर हर्क साम्पाङ आफैँ प्रतिष्ठानमा पुगेर उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका थिए । हर्कको उक्त कदमविरुद्ध सञ्जीवकुमार साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र मेयर साम्पाङ सहित ९ जनालाई विपक्षी बनाएर उच्चमा रिट हालेका थिए ।

उक्त रिटमाथिको सुनुवाईपछि अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू र नगराउनू भनी आदेश जारी गरेको हो । अन्तरिम आदेशसँगै अदालतले विपक्षीहरूसँग तालाबन्दी गर्नुको कारणसमेत मागेको छ ।

footer