नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विपी प्रतिष्ठान धरानमा मेयर साम्पाङले लगाएको ताला खोल्न अदालतले दियो आदेश

715
shares

उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाइएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले सो आदेश गरेको हो ।

केही दिनअघि धरानका मेयर हर्क साम्पाङ आफैँ प्रतिष्ठानमा पुगेर उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका थिए । हर्कको उक्त कदमविरुद्ध सञ्जीवकुमार साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र मेयर साम्पाङ सहित ९ जनालाई विपक्षी बनाएर उच्चमा रिट हालेका थिए ।

उक्त रिटमाथिको सुनुवाईपछि अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू र नगराउनू भनी आदेश जारी गरेको हो । अन्तरिम आदेशसँगै अदालतले विपक्षीहरूसँग तालाबन्दी गर्नुको कारणसमेत मागेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports