दीर्घ रावल राष्ट्र बैकको डेपुटी गभर्नरमा नियुत्त
वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३३
shares

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।बुधबार मन्त्रिपरिषदमा २ जनाको नाम अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पेश गरेका थिए।
मन्त्रिपरिषदमा दीर्घ रावलसँगै डा डिल्ली पोख्रेलको नाम पनि सिफारिस भएको थियो।रावल हाल नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।यसअघि किरण पण्डित डेपुटी गभर्नर भएका थिए। दुवै जना ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त भएका हुन्।
अछामका रावल वि.सं. २०६२ माघमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका हुन्। हाल उनी बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए। राष्ट्र बैंकमा करिब दुई दशक लामो अनुभव हासिल गरेका रावलले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनका क्षेत्रमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्।



































