२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फ्लोर क्रस गरेका गण्डकी प्रदेशका सांसद देवकोटालाई माओवादी सोध्यो स्पष्टीकरण

767
shares

पोखरा । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फणीन्द्र देवकोटालाई स्पष्टीकरण सोधिएको छ । नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो ।

देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो । जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मंगलबार साँझ उनलाई स्पष्टीकरण सोधेको पत्र पठाइएको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् । ‘दलको विधान विपरीत काम गरेको र ह्विप उल्लङ्घन गरेको हुँदा केन्द्रको सुझावका आधारमा स्पष्टीकरण सोधेका छौँ,’ उनले भनिन्, ‘एक हिसाबले कारबाही प्रक्रियामा अघि बढेको छ । आज साँझसम्म स्पष्टीकरण दिनुपर्छ ।’

उनलाई इमेलबाट र प्रत्यक्ष भेटेर पत्र बुझाइएको बुढाले बताइन् । ‘पत्र गएको छ । उहाँले भन्नुभएको ठाउँमा पत्र गएको छ । प्रत्यक्ष भेटेर पनि दिएका छौँ,’ उनले अघि भनिन्, ‘अब उहाँले दिने जवाफका आधारमा प्रक्रिया अघि बढ्छ ।’माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेर विजय भएका नेपाल समाजवादी पार्टीका उनलाई माओवादीले कारबाही गरे पनि अन्यौलता कायमै छ । उनी माओवादीको चुनाव चिन्हबाट लडे पनि पार्टी भने नेसपा नै उल्लेख छ । उनका सबै आधिकारिक विवरणहरूमा नेसपा भेटिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports