सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘राष्ट्रिय चित्रकला कार्यशाला’ को भब्य उद्घाटन

637
shares

मकवानपुर। हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५औं विद्यालय दिवसको अवसरमा पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ को समुद्घाटन भएको छ । विद्यालयको प्राङ्गनमा उद्घाटन कार्यक्रमको सभापतित्व वि.ब्य.स.का अध्यक्षहर्क रम्तेलले गर्नु भएको थियो भने प्रमुखअतिथि हेटौडा वडा नं. १८ का वडाध्यक्ष अनिलकुमार बानिया रहनु भएको उद्घाटन कार्यक्रममा अन्य अतिथिहरु प्रध्यानाध्यापक जयरामथापा, रविन्द्र बहादुर सुर्खेती, तेज कुमारी न्यौपाने, विमला विसुंके, कुशुमथामी, जीत ब. राना रहनु भएको थियो ।


बुधबार सुरु भएको ‘राष्ट्रिय चित्रकला कार्यशाला’ पाँच दिनसम्म सञ्चाल नहुने छ भने कार्यशालामा स्थानीय र राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको उल्लेख नियसह भागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष् हर्क रम्तेलले बताउनु भयो ।कार्यशालामा स्थानीय कलाकारहरुमा लक्ष्मण भुजेल, चिरञ्जी विश्रेष्ठ, सुजन राई, करिष्मा जोशी रहनु भएको छ भने कुन्तीश्री थापामोरंग, निलमभुर्तेल मोरंग, नम्रता सिंह मोरंग, भुषण दुलालभक्तपुर, मुना भडेल भक्तपुर,तारा तामाङ ललितपुर, पृथ्वीश्रेष्ठ ललितपुर, राजनपन्त काठमाडौं, उध्दव रिमाल नुवाकोट, रोशन भण्डारी नुवाकोट, राजन काफ्ले रौतहट, मेख लिम्बु धनकुटा रहेका छन् । विद्यालयले बिभिन्न अवसर पारेर कला लगायत अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आइरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports