२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइतबार साँझ बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार

312
shares

बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । जुहूस्थित पुष्पा पार्कनजिक फुटबल खेलेर घर फर्किने क्रममा श्रफको गाडीमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट श्रफलाई भने चोट लागेको छैन ।

उनका गाडी चालक र एक रिक्साचालक घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनापछि मुम्बई प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ । प्रहरीको अपराध अनुसन्धान शाखाले घटनास्थल आसपासका निगरानी क्यामेराका दृश्य जाँच गरी आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports