linktrix Long Ad
Salt Trading Long Ad

भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन

754
shares

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका थिए।निमोनियाजस्तो छातीमा संक्रमण भएपछि उनलाई भदौ १९ गते अस्पताल भर्ना गरिएको थियो।

उनको निधन भारतीय समयअनुसार, दिउँसो ३.०५ बजे निधन भएको सञ्चार माध्यमहरूले लेखेका छन्।येचुरी अगस्ट २९ सम्म सामाजिक सञ्जालमा सक्रिय थिए। येचुरी सन् १९९२ देखि सीपीएमको पोलिटब्यूरोको सदस्य थिए। यसअघि, उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाको सांसद थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports