linktrix Long Ad
Salt Trading Long Ad

संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज हुदैन : सभापति देउवा

1.47K
shares

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने स्पष्ट पारेका छन् । उनले प्रदेश संरचना बनिसकेकाले हटाउन नसकिने बताए ।

मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीको कानुन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले प्रदेश खारेजी भन्दा पनि मजबुत र जबाफदेही बनाउने बताए । ‘प्रदेश सरकार संरचना बनिसकेको छ । हट्ने कुरा छैन र यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ उत्तरदायी बनाउने‚ अझ बढी जबाफदेही बनाउनेदेखि लिएर सारा कुरामा सुधार गर्न सकिन्छ‚’ उनले भने‚‘सधैँ कति समानुपातिकबाट ल्याउने समस्या छ । कतिपय समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता र आवश्यकता छ ।’

उनले धेरै समुदायले चुनाव जित्न गाह्रो भएको भन्दै नेपालमा समावेशी राजनीति आवश्यक भएको बताए । उनले समावेशिताको खिलाफमा समाज नभएको भन्दै समानुपातिकको विषयमा कुरा उठेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports