यस्तो छ आज आइतवारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ साउन ३१ आइतवार ०८:४४
shares

नेपाल राष्ट्र बैंकले (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ।हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ घट्दा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको विनिमयदर भने बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ।आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा छ।त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा छ।आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।



































