भारतीय सेना प्रमुख धीरज सेठ आज नेपाल आउदैँ
वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५
shares

काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ आज (आइतबार) चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् ।
गत जुन ३० मा भारतीय सेना प्रमुखको कार्यभार सम्हालेका सेठको यो पहिलो नेपाल भ्रमण हो ।
नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।





































